हरेक बालबालिकाले समयमै क्यान्सरको उपचार पाउनुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित हुनु पर्ने बताएका छन्।
कान्ति बाल अस्पतालले विश्व स्वास्थ्य संगठन र सेन्ट जुडे चिल्ड्रन्स रिसर्च हस्पिटलको सहकार्यका धुलिखेलमा बिहीबार आयोजना गरेको ‘नेशनल वर्कसप अन एसिलेरेटिङ चाइल्डहूड क्यान्सर इनिसिएटिभ ’ बालबालिकामा हुने क्यान्सर सम्बन्धी दुई दिने कार्यशाला समापनको अवसरमा बोल्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन् । मन्त्री बस्नेतले भने, नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित गर्नु हाम्रो सामुहिक दायित्य हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्नो दायित्य पुरा गर्न पूर्ण रूपमा प्रतिबद्ध छ । ’
कार्यशालामा सहभागी स्वदेशी र विदेशी बाल क्यान्सर रोग विज्ञहरुको सुझाव र सल्लाह अनुसार बालबालिकामा हुने क्यान्सरको उपचारका लागि सरकारले पहल गर्ने मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतले बालबालिकाको क्यान्सर उपचारमा संलग्न चिकित्सकहरुले गरिरहेको उपचार सेवाको प्रशंसा गर्दै भविश्यका चुनौति सामना गर्ने गरि योजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीले नेपालमा वर्षेनी १५ सय देखि २ हजार जना बालबालिकामा क्यान्सर देखिने अनुमान गरिए पनि त्यसको एक तिहाईमात्र उपचारमा आउने गरेकोले बाकी बच्चाहरुको खोजी गरेर उपचारमा ल्याउनु पर्ने अहिलेको प्रमुख चुनौति भएको बताए । उनले भने, वर्षमा १५ सय देखि २ हजार नयाँ बालबालिकामा क्यान्सर देखिन्छ । तर उपचारमा ५०० मात्र आउछन । दुई तिहाईलाई पनि उपचारमा ल्याउनु पर्छ । ’
विश्व स्वास्थ्य संगठन नेपाल, नसर्ने रोग एवं मानसिक रोगका टीम लिडर डा ग्याम्पो दोर्जीले नेपालमा कति जना बालबालिकामा क्यान्सर छ भन्ने यकिन तथ्यांकको समेत अभाव भएकाले समस्या थपिएको जनाए ।
यसैगरी कान्ति बाल अस्पतालका निर्देशक डा युवनिधि बसौलाले कान्ति बाल अस्पताल सहित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीपी कोइराला क्यान्सर अस्पताल भरतपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगन्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थामा बालबालिकाको क्यान्सरको उपचार भइरहेको जानकारी दिदै सन् २०३० सम्म क्यान्सरको समस्या भएका ६० प्रतिसत बालबालिकालाई उपचारमा ल्याउनु सक्नु पर्ने चुनौति रहेको जिकीर गरे ।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बालबालिकामा हुने क्यान्सरको रोकथाम र उपचारमा सबैको सहकार्य हुनु आवश्यक रहेको जनाए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का समस्य सचिव डा।प्रदीप ज्ञवालीले परिषद्ले क्यान्सर विरामीको तथ्यांक संकलनदेखि अनुसन्धानका क्षेत्रमा काम गरिरहेको र भविश्यमा बालबालिकामा हुने क्यान्सरका बिषयमा पनि अनुसन्धान गर्ने योजना रहेको जानकारी दिए ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना