जन्मजात मोतिबिन्दु भएका १० वर्षीय सागरको निःशुल्क शल्यक्रिया, फेरियो दैनिकी

हेल्थ टिभी अनलाइन : मोरङका १० बर्षिय सागर श्रेष्ठको जीवन र दैनिकी अहिले फेरिएको छ । आँखामा जन्मजात मोतिबिन्दुको समस्या भएका कारण टाढाको बस्तु देख्न र पढ्न नसक्ने सागरले अहिले सबै कुरा प्रस्ट देख्न थालेका छन् ।
मुनाल आदर्श विद्या सदनमा चौथो कक्षामा अध्ययनरत सागरको नेपाल नेत्रज्योति संघको पुर्वान्चल आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत संचालित विराटनगर आँखा अस्पतालले निःशुल्क आँखाको शल्यक्रिया गरिदिएपछि उनको दैनिकी समेत फेरिएको छ ।
सामान्य कृषि पेशामा आवद्ध उनको परिवारलाई उनको आखाँमा समस्या देखिएपछि उनको कसरी उपचार गर्ने भन्ने चिन्ताले सताएको थियो तर अस्पताल आएर सबैकुरा बताएपछि अस्पतालले नै उनको निःशुल्क शल्यक्रिया गरिदिएको हो ।
सिबिएमको आर्थिक सहयोगमा सञ्चालित सामुदायिक पहुँच र पुनर्वास कार्यक्रम अन्तरगतको विद्यालय आँखा र कान जाँचमा आँखा परिक्षण गर्दा सागरको दाहिने आँखामा मध्यम दृष्टि कमजोरी थियो । आँखा स्वास्थ्यकर्मीले उनलाई रिपोर्ट दिई त्यो रिपोर्ट परिवारलाई दिन र नजिकैको आँखा अस्पतालमा परामर्श गर्न भने ।
अरु दिन जस्तै सागर घर पुगेपछि परिवारलाई रिपोर्ट दिए । ‘रिपोर्ट हेरेपछि हामीले तुरुन्तै आँखा अस्पतालमा ल्यायौं’ सागरको आमाले भनिन, ‘हामीजस्ता सामान्य परिवारलाई बिहान खाएपछि बेलुका के खाने भन्ने हुन्छ, अब छोराको अप्रेशन गर्नुपर्छ भनेपछि कसरी गर्ने भन्ने चिन्ता थियो तर अस्पताल आएपछि यहाँ डाक्टरले सबै उपचार र शल्यक्रिया निःशुल्कमा हुन्छ भनेपछि भगवान नै पाए जस्तो भयो ।’
उसको आँखामा जन्मजात मोतियाबिन्दु भएकाले उसलाई आफ्नो आँखाले कतिसम्म प्रष्ट देख्छ कति टाढासम्मको कुरा पढ्न र देख्न सकिन्छ भन्ने कुरा थाहाँ नै थिएन जसका कारण उसलाई मेरा आँखामा समस्या छ वा कमजोर छ भन्ने कुरा थाँहा हुने पनि कुरै भएन सागरको उपचारमा संलग्न नेत्र विशेषज्ञ डा पवन श्रेष्ठले भने -यहि कारणले हो नियमित रुपमा आँखाको परिक्षण गर्नुपर्छ भनेको कतिपय समस्याहरु यो समस्या हो भन्ने थाहा नपाएर नै बिरामीहरुले समस्यालाई झेलिरहेका छन् ।
अस्पतालको मेडिकल डाइरेक्टर डा रक्षा पन्त सिटौलाले कुनै पनि व्यक्ति उपचारबाट बञ्चित हुनु नपरोस भनेर अस्पतालले विभिन्न संघ संस्था र निकायहरुसंगको सहकार्यमा विभिन्न ठाँउहरुमा निशुल्क आँखा शिविर सञ्चालन गरिरहेको र अस्पताल आउने विरामीहरु पनि आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनु नपर्ने समेत बताइन ।
शल्यक्रिया पछि पट्टी खोलेपछि सागरले खुशी हुँदै मुस्कुराउँदै भने, म पहिले भन्दा धेरै स्पष्ट देख्न सक्छु, अब म राती पनि पढ्न, लेख्न र हिँड्न सक्ने भएको छु ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति