यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार स्वास्थ्य विधामा डा मिङमार शेर्पालाई

हेल्थ टिभी अनलाइन\ काठमाडौं : यस वर्षको राष्ट्रिय मदन भण्डारी पुरस्कार स्वास्थ्य विधामा डा मिङमार शेर्पालाई दिइने भएको छ । मंगलबार पुरस्कार छनोट समितिले मदन भण्डारी राष्ट्रिय पुरस्कार स्वास्थ्यतर्फ डा शेर्पालाई दिने निर्णय गरेको हो ।
मदन स्मृति दिवसको अवसरमा १४ असारमा उक्त पुरस्कार प्रदान गरिने मदन भण्डारी फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जानकारी दिए । स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक रहेका डा शेर्पा टेलिमेडिसिन सेवा, ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको विस्तार, दुर्गममा लामो समय सेवा र सरकारी सेवाबाट अवकासपछि पनि ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन सक्रिय रहेका छन् ।
पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति