Health TV Online
Health TV Online
Health TV Online

दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित, एक हजार बढी संक्रमित

दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित, एक हजार बढी संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं : दादुरा संक्रमणबाट देशका १७ जिल्ला प्रभावित भएका छन्। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दादुरा संक्रमण पुष्टि हुने जिल्ःला थपिने क्रममा रहेको र आइतबारसम्म दादुरा प्रभावित जिल्लाको संख्या १७ पुगेको जनाएको छ ।

यसरी दादुरा संक्रमण देखिएका जिल्लाहरुमा मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, कैलाली, कञ्चनपुर र बाजुरा रहेका छन् । हालसम्म एक हजार २१ जनामा दादुरा पुष्टि भएको र बाँकेमा एक जना बालकको दादुराबाट ज्यान गएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

उता दादुरा संक्रमण देखिए यता २ लाख १५ हजार ५४ बालबालिकालाई खोप लगाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना