राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या देखिएपछि फेरि एकपटक अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।
राष्ट्रपति पौडेललाई शनिबार बिहान अस्पताल पुर्याइएको थियो। अहिले राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। अस्पतालले विज्ञप्ती जारी गर्दै राष्ट्रपतिको पौडेलको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले अस्पतालमा भर्ना गरिएको जनाएको छ ।
एक साता अघि मात्र राष्ट्रपति पौडेल गंगालाल अस्पताल भर्ना भएर डिस्चार्ज भएका थिए ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति