Health TV Online
Health TV Online
Health TV Online

नेपालमा पहिलोपटक भेटियो मंकीपक्स भाइरस

नेपालमा पहिलोपटक भेटियो मंकीपक्स भाइरस

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलोपटक मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै ६० वर्षीया विदेशी महिलामा एमपक्स भाइरस पुष्टि भएको जनाएको हो । उक्त महिलामा एमपक्ससँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गर्दा आज एमपक्स पुष्टि भएको जनाइएको छ । नेपालमा पहिलोपटक भेटिएको उक्त एमपक्स भाइरस विश्वका १११ देशमा पुष्टि भइसकेको छ । यो मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । जुन मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्छ ।

यसका मुख्य लक्षणहरु ज्वरो आउने, शरीरमा डाबरहरु आउने र ती डाबरको रङ परिवर्तन भई घाउ बन्ने हुन्छ । यसले आँखामा संक्रमण गरी दृष्टि समेत गुमाउनसक्छ भने मस्तिष्क ज्वरो समेत हुने गर्छ । स्वास्थ्य मन्त्रालयले यो रोगसँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त मन्त्रालयको कल सेन्टर १११५ र ११३३ मा सम्पर्क गरी परामर्श लिन आग्रह गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना