मापदण्ड विपरीतका २ अस्पतालमा महानगरको ताला

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाले दर्ता नै नगरी सञ्चालनमा रहेका २ अस्पतालमा आज ताला लगाएको छ । दर्ता नगरी सञ्चालनमा रहेको बौद्धको चाइनिज पिपुल्स अस्पताल र काटेश्वरमा रहेको सहयात्री अस्पतालमा महानगरले ताला लगाएको हो ।
ताला लगाइएका यी दुवै अस्पताल १५ \१५ शय्याका हुन् । चाइनिज पिपुल्स अस्पतालमा ताला लगाउँदा केही बिरामी भित्र उपचारमा थिए उनीहरुलाई बाहिर सारेर ताला लगाइएको हो । अहिले महानगरले विपन्न वर्गलाई उपलब्ध गराउनुपर्ने सुविधाकोबारेमा नियमित नगरानी र अनुगमन गरिरहेको छ ।
महानगरको टोली अस्पताल पुगेर दर्ता कागजपत्र माग्दा सञ्चालकले दिन नसकेपछि ताला लगाइएको महानगरले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु