वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर सेन्टर स्थापना, एक साता नि:शुल्क शल्यक्रिया

हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर सेन्टर स्थापना गरिएको छ । बिहिबार विश्व ब्रेन ट्युमर दिवसको अवसर पारेर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर सेन्टर स्थापना गरिएको हो ।
सेन्टरको स्थापनासँगै एक साताका लागि ब्रेन ट्युमरका बिरामीको नि शुल्क शल्यक्रिया हुन बताइएको छ । सेन्टरको स्थापनाले ब्रेन ट्युमर भएका बिरामीको सहज, गुणस्तरीय र छिटो उपचार सम्भाव हुने वीर अस्पतालका न्युरो सर्जरी विभागका प्रमुख प्राडा राजीव झाले बताए । उनले यस सेन्टरले ब्रेन ट्युमर भएका बिरामीको लागि यो सेन्टरले एकीकृत सेवा छिटो र छरितो रुपमा दिन सक्ने बताए । उनले धेरै वर्षपछिको प्रयासपछि यो सम्भव भएको पनि जनाए ।
यसैगरी वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले यो सेन्टरको स्थापना गर्नमा धेरै जनाको सहयोग रहेको भन्दै बिहिबारदेखि एक साताका लागि ब्रेन ट्युमर भएका बिरामीको निशुल्क शल्यक्रिया गरिने बताए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु