Health TV Online
Health TV Online
Health TV Online

६ महिनादेखि १५ वर्षमूनिका बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै

६ महिनादेखि १५ वर्षमूनिका बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले ६ महिनादेखि १५ वर्ष मूनिका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि ९ जिल्लाका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरेको हो ।

सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा ६ महिनादेखि १५ वर्षमूनिका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइने भएको हो। केही महिनायता देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र महामारी अन्य जिल्लामा फैलिन सक्ने जोखिम रहेकोले बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप दिइन थालिएको मन्त्रालयले जनाएको छ ।

दादुरा कोभिड १९ भन्दा पनि ढी तीब्र गतिमा फैलिन सक्ने र मृत्यु दर पनि उच्च भएको रोग हो । एक जना दादुरा संक्रमितले १८ जनासम्मलाई रोग सार्न सक्ने पनि मन्त्रालयले जनाएको छ । छिटो फैलिनसक्ने रोग भएकाले हरेक अभिभावकले आफना बालबािलकाको लागि नजिकैको स्वास्थ्य संस्थामा गएर अनिवार्य खोप लगाउन आग्रह मन्त्रालयले आग्रह गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना