Health TV Online
Health TV Online
Health TV Online

गर्भावस्थामा किन गर्ने ‘एनोमली स्क्यान’ ? यस्तो छ डा अशिमको सल्लाह (भिडियोसहित)

गर्भावस्थामा किन गर्ने ‘एनोमली स्क्यान’ ? यस्तो छ डा अशिमको सल्लाह (भिडियोसहित)

हेल्थ टिभी अनलाइन : हरेक आमा बुवालाई आफनो सन्तान स्वस्थ जन्मियोस भन्ने चाहना हुन्छ । तर विविध कारणहरुले कहिलेकाहीं बच्चा आमाको गर्भमै रहेका बेला केही जन्मजात समस्याहरु लिएर जन्मिन सक्छन्। जसले गर्दा जन्मिसकेपछि बच्चा र परिवार दुबैलाई समस्या हुन्छ । त्यसैले आफनो गर्भमा रहेको बच्चा स्वस्थ भए नभएको पत्ता लगाउन गरिने अनेक टेस्टहरुमध्ये ‘एनोमली स्क्यान’ पनि महत्वपूर्ण टेस्ट हो ।

एनोमली टेस्ट विशेष गरी गर्भ रहेको १८ हप्तादेखि २२ हप्तासम्म गरिन्छ । धेरै ढिलोमा २४ हप्तासम्म पनि गर्न सकिन्छ । तर त्यसपछि भने यो टेस्ट गरेर खास रिजल्ट पत्ता लगाउन सकिंदैन । १८ देखि २४ हप्ताभित्रै गर्नुपर्ने पनि कारण छ । खासगरी १८ हप्ताभन्दा अघिसम्म बच्चाको मुटु, मिर्गौला लगायतका अंगहरु राम्रोसँग विकास नै भएको हुँदैन । त्यसैले १८ हप्ताअघि गर्दा सही स्क्यान हुन सक्दैन । त्यसैगरी २४ हप्तापछि स्क्यान गर्दा बच्चा खुम्चिएर बसेको हुन्छ र बच्चा ठूलो भइसकेको हुन्छ त्यसकारण सबै अंगको स्क्यान गर्न गाह्रो हुन्छ । यो स्क्यान मान्यता प्राप्त रेडियोलोजिष्टद्वारा मात्र गराउनुपर्छ ।

के के पत्ता लाग्छ एनोमली स्क्यानबाट ?

खासगरी बच्चाको स्वास्थ्य अवस्था र विकासक्रम थाहा पाउन सकिन्छ । एनोमली स्क्यानबाट बच्चाको शरीरको आकार, बनोट, शरीरको विकासक्रम हेर्न सकिन्छ । यसरी स्क्यान गर्दा बच्चाको टाउकोदेखि खुट्टासम्मको अंग राम्ररी विकास भइरहेको छ की छैन भन्ने हेरिन्छ । यसैगरी मुटु, मिर्गौला, रक्तनलीको अवस्था कस्तो छ भन्ने पनि यो स्क्यानबाट पत्ता लाग्छ । ब्रेनको विकास राम्ररी भए नभएको पनि देख्न सकिन्छ । बाहिरी अनुहारको बनोट, ओठ चिरेको छ की, हात खुट्टा छोटो छकी ? सबै औंला छन् की छैनन जस्ता बनावटका कुरा यो स्क्यानबाट सजिलै पत्ता लाग्छ । यसैगरी बच्चाको हड्डीको विकास तथा स्पाइनल कर्डको अवस्था कस्तो छ भन्ने पनि हेरिन्छ ।

यस स्क्यानद्वारा बच्चाको शारीरिक विकास कस्तो रुपमा भइरहेको छ भन्ने पत्ता लाग्छ। साथै सालको अवस्था पनि थाहा हुन्छ। कति हप्ता हुँदा कति साइजको हुनुपर्ने हो सोही अनुसार मेजरमेन्ट लिएर सोही अनुसार बढिरहेको छ छैन भन्ने पत्ता लगाएर यदि सो अनुसार नभए आवश्यक अन्य टेस्ट गर्न सल्लाह दिन सकिन्छ । यो टेस्ट हरेक गर्भवतीले एकपटक गर्नुपर्छ । तर एउटा कुरा केहो भने यो स्क्यानले शरीरको आकार र बनोट हेर्ने काम गर्छ अंगहरुको काम भने हेर्दैन । थ्रीडी मार्फत हेरिने हुँदा इमेजसहित सबै कुरा प्रस्ट देखाउँछ । जसले गर्दा आफनो बच्चाको अवस्था बेलैमा थाहा हुनसक्छ । यो स्क्यानबाट बच्चाको सही अवस्था पत्ता लगाएर समस्या भएमा सोही अनुसारको समयमै उपचार गर्न सकिन्छ । जुन पछि गएर पछुतो हुँदैन ।

यो एनोमली स्क्यान हामीले यहाँ आरुस लाइफस्टाइल अस्पतालमा नियमित रुपमा गर्दै आइरहेका छौं ।

डा अशिम शाक्य कुपन्डोलस्थित आरुस लाइफस्टाइल अस्पतालमा कन्सल्टेस्ट रेडियोलोजिस्टको रूपमा कार्यरत छन्। 

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना