Health TV Online
Health TV Online
Health TV Online

गर्मीमा शितलता दिने पुदिना पानी

गर्मीमा शितलता दिने पुदिना पानी

हेल्थ टिभी अनलाइन \काठमाडौं : पुदिना सामान्यतया अचार बनाउन प्रयोग गरिन्छ। यो आयुर्वेदिक उपचारमा पनि प्रयोग हुन्छ। पुदिना ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ। नियमित यसको प्रयोगले विभिन्न शारीरिक समस्याहरूमा लाभ मिल्छ। अझ गर्मी मौसममा त यसको सेवन नियमित गर्दा फाइदा गर्छ ।

नियमित पुदिना सेवन गर्नुका यस्ता छन् फाइदा : 

गर्मीमा पुदिनाको सेवनले शितलता प्रदान गर्छ । र पाचनमा सुधार ल्याउँछ ।
नियमित पुदिनाको सेवनले कोलेस्ट्रोल समेत कम गर्छ।

पुदिनाको एक–दुई चम्चा रस, केही मात्रामा वीरे नुन राखी चार गुणा पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ।

प्रशस्त मात्रामा भिटामिन ‘ए’ हुने भएकाले यसको नियमित सेवनले पाचनशक्ति बढाउनुका साथै खानाको रूचिसमेत बढाउँछ।

तुलसी, कालो मरिचसँग पुदिना मिसाएर यसको पानी खाँदा पेटमा जम्मा भएको ग्यास बहिर निकाल्छ।

नियमित रूपमा पुदिनाको पत्ता चपाएर खाँदा मुख गह्नाउने समस्या समाधान हुनुका साथै दाँत दुख्ने समस्या पनि कम हुन्छ।

पुदिनाको पत्तालाई निबुवाको रसमा मिलाएर खानाले बान्ता हुन रोकिन्छ।

छालाको संक्रमण, अनुहारमा डण्डीफोर तथा अन्य दाग छ भने नियमित रूपमा पुदिनाको पत्तालाई पिसेर लेपन लगाउनँदा फाइदा पुग्छ।

शरीरमा हुने विभिन्न खालका एलर्जी हटाउन र शरीरमा क्यान्सरका कोषहरू बढ्नबाट समेत जोगाउन पुदिना सहयोगी मानिन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना