Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य क्षेत्र रणनीतिक योजना मन्त्रिपरिषदबाट पास

स्वास्थ्य क्षेत्र रणनीतिक योजना मन्त्रिपरिषदबाट पास

हेल्थ टिभी अनलाइन \काठमाडौ:  सरकारले स्वास्थ्य क्षेत्रको रणनीतिक योजना पास गरेको छ। मन्त्रिपरिषदको बैठकले नेपाल स्वास्थ्य क्षेत्र -रणनीतिक योजना २०७९\८० २०८७\८८ पास गरेको हो।

मन्त्रिपरिषदबाट रणनीतिक योजना पास भएसँगै स्वास्थ्यका महत्वपूर्ण कार्यक्रमहरु अगाडि बढ्नुका साथै वैदेशिक सहयोग समेत आउने बाटो खुलेको छ।

मन्त्रिपरिषदमा पेस भएको झण्डै एक वर्षपछि उक्त रणनीतिक योजना पारित भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त रणनीति मन्त्रिपरिषदमा पेश गरेको थियो।

प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार गर्ने लक्ष्यसहितको उक्त रणनीतिमा सन् २०३० सम्मका दीगो विकास लक्ष्यहरु पुरा गर्ने विषयमा विभिन्न कार्यक्रम र योजनाहरु रहेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना