Health TV Online
Health TV Online
Health TV Online

नेपाल क्यान्सर अस्पतालले मनायो छैठौं वार्षिकोत्सव

नेपाल क्यान्सर अस्पतालले मनायो छैठौं वार्षिकोत्सव

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले आफनो छैठौं वार्षिकोत्सव मनाएको छ । क्यान्सर उपचारको क्षेत्रमा आफनो छुट्टै पहिचान बनाउन सफल र धेरै बिरामीको विश्वास जिल्न सफल यस अस्पतालले आज एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी अध्यक्ष एवम वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले अस्पताललाई यहाँसम्म ल्याइ पुराउन धेरै जनाको सहयोग र साथ रहेको जिकीर गरे । उनले बिरामीले अस्पतालप्रति देखाएको विश्वास र आशाले यहाँसम्म पुग्न सकिएको जिकीर गरे । डा श्रेष्ठले सुरुमा अस्पताल संचालन गर्दा निकै गाह्रो भएको स्मरण गर्दै आहिले छोटो समयमै अस्पतालमा उच्चस्तरीय सेवा दिंदै अस्पताललाई नाफामा लान सकिएको बताए । उनले सबैको सामुहिक प्रयास, साथ र सहयोग तथा बिरामीहरुको विश्वास र मायाकै कारणले अस्पताल आजको अवस्थामा आउन सफल भएको बताए।

यसैगरी कार्यक्रममा अस्पतालका प्रमुख सल्लाहकार पूर्व प्रधानसेनापति रुक्मागंत कटुवालले नेपाल क्यानसर अस्पतालले नेपालीको क्यान्सर उपचार नेपालमै सम्भव छ भन्ने नारालाई पूरा गरेको बताए । उनले क्यान्सर उपचारका लागि विदेश वा अरु कुनै पनि ठाउँ जान नपर्ने गरी सेवा दिएकोमा अस्पताल परिवारलाई धन्यवाद समेत दिए ।

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा विजेशराज घिमिरेले अस्पतालको विकास र विस्तारमा अस्पतालका सम्पूर्ण कर्मचारीको मिहिनेत र लगन महत्वपूर्ण रहेको बताए । उनले अस्पतालले यही गतिमा सेवा विस्तार र अझ परिस्कृत गर्दै लाने समेत जनाए ।

कार्यक्रममा अस्पतालमा ८ वर्षदेखि कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो भने आशा नामक स्मारिकाको विमोचन समेत गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना