सरकारले आज बजेट ल्याउँदै, स्वास्थ्यको कति ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८० \८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक गर्दैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो । जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधान अनुरुप नै अर्थमन्त्री प्रकाश शरण महतले आज दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन्।
यहीवीच स्वास्थ्यको बजेट कति आउला भन्ने स्वास्थ्य क्षेत्रका सरोकारवालाको चासोको विषय रहेको छ । यसपटक स्वास्थ्यमा बजेट घटेर आउने संकेत दिएको स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले जनाएका छन्। यसभन्दा अघि कोभिडका कारण लगातार ३ वर्ष त्यसको नियन्त्रणमा बढी केन्द्रित भएर बजेट आएको थियो भने यसपटक स्वास्थ्य बीमा, पूर्वाधार विकास, औषधीजन्य सामग्राीको उत्पादन, आधारभुत स्वास्थ्य लगायतका केन्द्रित भएर बजेट आउने अनुमान गरिएको छ ।
विज्ञहरुले नेपालको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्यमा छुट्याउनसपर्ने बताउँदै आएको भए पनि सधैं जसो ४ देखि ७ प्रतिशसम्मको बजेट मात्र आउने गरेको छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु