Health TV Online
Health TV Online
Health TV Online

सरकारी चिकित्सक संघको अध्यक्षमा डा समाज गौतम निर्वाचित

सरकारी चिकित्सक संघको अध्यक्षमा डा समाज गौतम निर्वाचित

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारी चिकित्सक संघ (गोदान) को अध्यक्षमा डा समाज गौतम विजयी भएका छन्। आइतबार काठमाडौंमा भएको निर्वाचनमा डा गौतमले डा ऋषिकान्त अर्याललाई पराजित गर्दै जित हासिल गरेका हुन्।

संघको वरिष्ठ उपाध्यक्षमा डा क्षितिज सापकोटा, उपाध्यक्षमा विप्लव घिमिरे, महासचिवमा विजय बाबु सचिवमा डा विप्लव सापकोटा र कोषाध्यक्षमा डा राकेश मिश्र निर्वाचित भएका छन्।

यसैगरी सदस्यहरु डा सुरेश महर्जन, डा विराट शर्मा, डा सचिन यादव, डा कपिल गौतम, डा रोशन ग्वाछा, डा अमृत पन्थी, डा प्रकाश ढकाल, डा कुसल खनाल र डा देवराज कँडेल निर्वाचित भएका छन्।

गोदान देशभरका सरकारी चिकित्सकहरुको छाता संगठन हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना