Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य बीमामार्फत तीन महिनाको औषधि एकैपटक दिँदै भरतपुर अस्पताल

स्वास्थ्य बीमामार्फत तीन महिनाको औषधि एकैपटक दिँदै भरतपुर अस्पताल

हेल्थ टिभी अनलाइन\ चितवन :  चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बीमामा रहेका बिरामीका लागि एकैपटक तीन महिनाको औषधी दिने भएको छ ।

अस्पतालले सूचना जारी गर्दै हालसम्म चिकित्सकको प्रेस्क्रिप्सन अनुसार दीर्घ रोगी जस्तै मधुमेही, थाइराइडको समस्या भएका, उच्च रक्तचापको समस्या भएका लगायतलाई २ महिनासम्मको औषधि दिंदै आएकोमा आजदेखि तीन महिनाको लागि औषधि दिइने जनाएको हो । पटक पटक अस्पताल आउन नपरोस र भीड कम होस् भन्ने उद्धेस्यले अस्पतालले यस्तो निर्णय गरेको जनाएको छ ।

यसरी बीमाको औषधि लिन चाहने बिरामीले दिउँसो १ देखि २ बजेको टिकट काटेर ५ बजेसम्म सेवा लिन सक्ने अस्पतालले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना