Health TV Online
Health TV Online
Health TV Online

जलनको उपचारका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गरौं : चन्द्र भण्डारी

जलनको उपचारका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गरौं : चन्द्र भण्डारी

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जलनका बिरामीका लागि विशेष आर्थिक प्याकेज ल्याउनुपर्नेमा जोड दिएका छन्। आफनै घरमा ग्यास लिक भएर आगो लाग्दा घाइते भएका कांग्रेस सांसद भण्डारीले जलन भएकाहरुको उपचारका लागि सरकारले विशेष आर्थिक प्याकेज ल्याउनुपर्ने बताएका हुन्।

उनले गरिबहरुले नै धेरै जसो आगोबाट जल्ने समस्या भोग्ने हुँदा मुटु मिर्गौला रोगमा जस्तै जलनका बिरामीका लागि पनि विशेष सहुलियत प्याकेज ल्याउनुपर्ने बताएका हुन्।

उनी जलनमा परेर भारतमा उपचार गराएर आएपछि पहिलोपटक संसदमा बोल्दै घरमा ग्याँस कसरी प्रयोग गर्ने भन्नेबारेमा विद्यालय स्तरदेखि नै सिकाउनुपर्नेमा जोड दिए । यसैगरी उनले जलनको उपचार गर्ने किर्तिपुर अस्पताल र सुस्मा मेमोरियल अस्पतालको विकासका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

आफूले भारत गएर उपचार गराएको भए पनि उनले नेपालमा जलनको उपचार गर्ने सेन्टर र डाक्टर योग्य रहेको समेत जिकीर गरे ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना