Health TV Online
Health TV Online
Health TV Online

नर्सिङ क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

नर्सिङ क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको महाराजगंजमा रहेको महाराजगंज नर्सिङ क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै क्याम्पस प्रमुखविरुद्ध अख्तियारमा उजुरी परेको छ।

उक्त क्याम्पसको स्ववियु कोष र पाठ्यक्रम विकास कोषमा रहेको रकम हिनामिना गरेको आरोप लगाउँदै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष कारबाहीको माग गरेको हो । अनेरास्ववियु अध्यक्ष समिक कुमार बडालले क्याम्पस प्रमुख प्राध्यापक मुना रानाले क्याम्पसमा आर्थिक हिनामिना गरेको आरोप लगाउँदै उजुरी गरेका हुन्।

यस विषयमा क्याम्पस प्रमुख रानासँग कुरा गर्दा आफूले उजुरी परेको कुरा भर्खर समाचारबाट थाहा पाएको बताइन । उनले आफूलाई बिना कारण बदनाम गराउनका लागि केही समूह लागेको र आफूले कुनै पनि आर्थिक हिनामिना नगरेको बताएकी छिन्। उनले भनिन, ‘यस विषयमा हामी छलफलमै छौं र हाम्रो मानहानी भएको छ यसबारेमा विज्ञप्ति पनि जारी गर्छौं ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना