विपन्न बिरामीका लागि १० प्रतिशत बेड छुट्याउन काठमाडौं महानगरको निर्देशन

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाले विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि आफनो अस्पतालमा कुल बेडको १० प्रतिशत बेड छुट्याइ नि :शुल्क उपचार गर्न सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
महानगरपालिकाले आफू मातहतका सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई उक्त निर्देशन दिएको हो । यसका साथै महानगरले जारी गरेको सूचनामा स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकमी र अन्य कर्मचारीहरुको प्रचलित कानुनले ताकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्न पनि उल्लेख छ ।
उल्लेखित विषयका अतिरिक्त लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिना को १० गतेसम्म नबुझाउने पाइएमा काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारवाही हुने ब्यहोरा पनि उक्त सूचनामा उल्लेख गरिएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु