Health TV Online
Health TV Online
Health TV Online

यस्ता छन् नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्यका विषय

यस्ता छन् नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्यका विषय

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आर्थिक वर्ष २०८० \८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त बैठकमा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

उक्त नीति तथा कार्यक्रममा स्वास्थ्यका विषय एक चिकित्सक एक स्वास्थ्य संस्था लागु गर्नेदेखि विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ओपीडी सेवा संचालन गर्ने, प्रदेशस्तरमा मुटु र क्यान्सर रोगको उपचार हुन सक्ने सुपरस्पेसियालिटी अस्पताल निर्माण गर्नेसम्मका कुराहरु समेटिएको छ ।

अटिजम रोगको निदान तथा उपचारको व्यवस्था मिलाइने, ९८ प्रकारका औषधी स्वदेशमै उत्पादन गर्ने, स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गरिने, बाँझोपन नि:सन्तानपनको उपचारका लागि सातै प्रदेशमा व्यवस्था मिलाइने लगायतका विषयवस्तु समेटिएका छन्।

यसैगरी औषधि व्यवस्था विभागलाई औंषधि तथा स्वास्थ्य प्रविधी विभागमा रुपान्तरण गर्ने, सिंहदरबार वैद्यखाना र जडिबुटी प्रशोधन केन्द्रको पुनसंरचना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमको रूपमा क्रमश देशभर विस्तार गरिने पनि कार्यक्रममा उल्लेख छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना