Health TV Online
Health TV Online
Health TV Online

जथाभावी उपकरण खरिद गर्ने अस्पताललाई स्पष्टीकरण सोधिने

जथाभावी उपकरण खरिद गर्ने अस्पताललाई स्पष्टीकरण सोधिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुलाई जथाभावी रुपमा मेडिकल उपकरण खरिद नगर्न निर्देशन दिएका छन्। उनले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अत्यावश्यक नभई उपकरण खरिद नगर्न निर्देशन दिएका हुन्। उनले खरिद गर्ने परेमा मन्त्रालयसँग समन्वय गरेर मात्र खरिद गर्न पनि निर्देशन दिएका छन्।

मन्त्री बस्नेतले कमिसनका नाममा चाहिंदै नचाहिने र जनशक्ति नै नभएका स्थानमा पनि उपकरण खरिद गरेको देखिएको भन्दै त्यस्ता उपकरण स्वास्थ्य सेवा विभागले लैजाने र आवश्यक पर्ने अस्पतालमा पठाउने बताए । उनले खरिद गरेको २ वर्षसम्म प्रयोगमा नआएका उपकरण तुरुन्त स्वास्थ्य सेवा विभागमा बुझाउन पनि भनेका छन्। जनशक्ति नहुँदा नहुँलै पनि उपकरण किनेर थन्क्याउने अस्पताललाई स्पष्टीकरण सोधिने पनि उनले जानकारी दिए ।
मन्त्री बस्नेतले गत दुई वर्षभित्र स्वास्थ्य सेवा विभागबाट खरिद भएका वा अन्य स्रोतबाट प्राप्त भएका स्वास्थ्य सामग्री तथा उपकरणहरुको विवरण अध्यावधिक गरी मन्त्रालयमा सात दिन भित्र पेश गर्न पनि निर्देशन दिएका छन्।

पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले प्रत्येक अस्पताललाई आउँदो दुई वर्षको कार्य योजना सेवा विस्तार बनाएर पेश गर्न लगाउने र सो अनुसार आवश्यक पर्ने उपकरण मात्र खरिद गर्ने, स्वास्थ्य सेवा विभागलाई खरिद एवं वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउन निर्देशन दिने, सबै संघीय अस्पतालहरुको उपकरण जाँच गर्ने निर्णय भएको जानकारी दिए । यसैगरी सबै संघीय अस्पतालहरुमा ओपिडीमा अनलाइन टिकट लिने व्यवस्था गर्न मन्त्री बस्नेतले निर्देशन दिएका छन् ।

यसैगरी संघीय अस्पतालमा कार्यरत सबै किसिमका कर्मचारीहरुको डिजिटल सूची १५ दिन भित्र अध्यावधिक गर्न मन्त्रालयको प्रशासन महाशाखालाई मन्त्री बस्नेतले निर्देशन दिएका छन्। संघीय अस्पतालहरुमा जनरल, आइसीयू शय्याको भर्ना र रिक्त संख्या आफ्नो बेवसाइटमा राख्नुपर्ने भएका छन्। आगामी सात दिन भित्र यी विवरण आफ्नो बेवसाइटमा अध्यावधिक गर्न मन्त्री बस्नेतले सबै संघीय अस्पतालहरुलाई निर्देशन दिएका छन्।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना