म्याद गुज्रिएको औषधि बिक्री गरेको भन्दै ग्रिनसिटी अस्पतालको फार्मेसी तोडफोड

हेल्थ टिभी अनलाइन \काठमाडौं : म्याद गुज्रिएको औषधि दिएर बिरामीको मृत्यु भएको आरोप लगाउँदै बसुन्धरास्थित ग्रिन सिटी अस्पतालको फार्मेसीमा तोडफोड गरिएको छ।
श्वासप्रस्वास समस्या भएका बिरामीलाई फार्मेसीले म्याद गुज्रिएको औषधि दिएको र त्यही औषधिका कारण आफनो आफन्त बिरामीको मृत्यु भएको आरोप लगाउँदै बिरामीका आफन्तले फार्मेसी तोडफोड गरेका हुन् । तर अस्पतालले भने औषधिका कारण बिरामीको मृत्यु भएको स्विकारेको छैन्।
अस्पतालमा भर्ना भएका गोरखाका ६० बर्षीय पुरुषको आइसीयूमा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको थियो। प्रहरीले म्याद गुज्रिएको औषधि बिक्री गरेको आरोपमा एक जना फर्मासिस्टलाई नियन्त्रणमा लिएको छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु