Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रीको आग्रह : दैनिक एक घण्टा आफना लागि छुट्याउनुस्

स्वास्थ्य मन्त्रीको आग्रह : दैनिक एक घण्टा आफना लागि छुट्याउनुस्

हेल्थ टिभी अनलाइन \काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वस्थ रहनका लागि दैनिक आफना लागि एक घण्टा छुट्याउनुपर्नेमा जोड दिएका छन्। मन्त्री बस्नेतले मन्त्रालय सम्हालेदेखि नै पत्रकारहरुसँगको हरेक छलफलमा आफू ६४ वर्षको हुँदा समेत एक ट्याब्लेट औषधि खान नपरेको भन्दै यसको मुख्य राज दैनिक एक घण्टा आफना लागि गरेको शारीरिक अभ्यास भएको भन्दै आएका छन् ।

उनले धेरै रोगहरु हाम्रै अल्छीपनाका कारण हुने हुँदा रोगको भार घटाउनका लागि हरेक नागरिकले बिहान वा बेलुका एक घण्टा आफना लागि छुट्याएर विभिन्न शारीरिक अध्यास, ध्यान प्रणायाम गर्नुपर्ने बताए । उनले भने, ‘यसो गर्दा एक त व्यक्ति आफै स्वस्थ रहन सक्छ अर्को राज्यलाई बिरामीको उपचारमा लाग्ने खर्च कम लाग्छ । त्यसैले पनि हामीले जे जति अरुका लागि गछौं त्यसबाहेक आफ्नै स्वास्थ्यको ख्याल गर्ने बानीको पनि विकास गर्नुपर्नेछ । आज भागदौड, खाइनखाई गरेर काम गर्यो भोलि त्यही कारण दीर्घ रोग लाग्यो भने मरीमरी काम गरेको के अर्थ भयो त ? उनले प्रश्न गरे ।’

मन्त्री बस्नेतले रातदिन यताउता दौडिरहने खानामा वेवास्ता गर्दा पनि खाली पेटका कारण धेरैमा ग्याष्ट्रिकको समस्या बढेको भन्दै जस्तोसुकै काम भए पनि खानका लागि समय छुट्याउन पनि आग्रह गरे । उनले आफूले एक छिन पनि पेटखाली नराख्ने र कुनै दिन त ४ पटकसम्म पनि भात खाएको रेकर्ड भएको जनाए ।

उनले रोग लागिसकेपछि उपचारमा जाने भन्दा पनि रोग लाग्न नदिनका दागि अपनाउनुपर्ने उपायहरुमा जानुपर्ने बेला आएको बताए । उनले रोग लागिसकेपछि त्यसको उपचारमा सरकारले करोडौं रकम अनुदानमा खर्च गर्ने गरेको भन्दै त्यसअघि नै व्यक्ति र राज्य दुबै मिलेर स्वस्थ कसरी रहने भन्ने विषयमा चनाखो भएर त्यसमा लगानी गर्नुपर्ने बताए ।

मन्त्री बस्नेतले आफू कसरी स्वस्थ रहने भन्नेबारेमा व्यक्ति स्वयं सचेत भएर त्यही अनुसार स्वस्थ जीवनशैली अपनाउन सके रोगको उपचारमा लाग्ने खर्च कम भई अझ प्रडक्टिभ जीवनयापन गर्न सकिने  र राज्यकाे खर्च पनि कम हुने उल्लेख गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना