‘जिउँदो शहीद’ मुकेश कायस्थको निधन

हेल्थ टिभी अनलाइन \काठमाडौं : विसं २०६२ \६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ।
जिउँदो शहीद भनेर चिनिने कायस्थको गए राति निधन भएको हो। कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो ।
२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको टाउकाेमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।
सरकारले मुकेशको उपचार खर्च तथा स्याहार सुसारका लागि भन्दै रकम उपलब्ध गराउँदै आएको थियो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु