सुर्तीजन्य पदार्थको करमा उल्लेख्य वृद्धि गर्नैपर्छ : स्वास्थ्यमन्त्री बस्नेत

हेल्थ टिभी अनलाइन \काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नागरिकको स्वास्थ्य बिगार्ने सुर्तीजन्य पदार्थको करमा उल्लेख्य रुपमा वृद्धि गर्ने प्रतिवद्धता जनाएका छन्। बुधबार मन्त्रालयमा आयोजित स्वास्थ्य पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री बस्नेतले उक्त प्रतिवद्धता जनाएका हुन्। मन्त्री बस्नले सुर्तीजन्य पदार्थको अत्यधिक सेवनका कारण नेपालमा क्यान्सर, दम लगायतका दीर्घ रोग बढेको भन्दै यसमा कर बढाएर सर्वसाधारणको पहुँचमा जानबाट रोक्न सकिने बताए ।
यसैगरी उनले सुर्तीजन्य पदार्थमा कर बढाउँदा यसबाट हुने आम्दानीबाट यसकै सेवनबाट हुने रोगको उपचारमा सहज हुने बताए । उनले भने, ‘यसै पनि नेपालमा सुर्तीजन्य पदार्थमा एकदमै थोरै कर रहेछ, यो सही समय पनि हो हामीले कर बढाउने । अर्थतन्त्र बिग्रिएका बेला यसले केही राहत पनि दिन्छ ।
सुर्तीजन्य पदार्थमा कर बढाउँदा सुर्तीजन्य पदार्थ खरिद गर्ने सर्वसाधारणको क्षमता कम हुने, र यसको सेवन घट्ने तथा सरकारले पनि बढी राजस्व उठाउन सक्ने भएकाले कर बढाउनुलाई ‘विन–विन’ अवस्था मानिन्छ । एकातिर कर बढ्दा सरकारको आम्दानी बढेर धेरैको उपचार गर्न सकिने अर्को महंगो भएका कारण यसको खपत कम हुने र रोग लाग्ने सम्भावना कम हुने हुन्छ । त्यसैले पनि यसमा कर बढाउनुको विकल्प छैन्, मन्त्री बस्नेतले भने ।
कार्यक्रममा उनले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुसार नै आफू यसको कर बढाउन लागिपर्ने बताएका छन्। यसका लागि आफूले मन्त्रालय आएदेखि नै पहल र सर सल्लाह गर्न थालेको बताए ।
विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन हरेक मुलुकलाई सिफारिस गरेको भए पनि नेपालमा ३३ प्रतिशतको हाराहारीमा मात्र कर रहेको छ । नेपालमा सुर्तीजन्य पदार्थको करबाट जति रकम उठ्छ त्यसको दोब्बरभन्दा बढी सोको सेवनबाट हुने रोगको उपचारमा खर्च हुन्छ ।
विश्वभर नै सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्नका लागि कर बढाउने कुरालाई एउटा उत्कृष्ट उपाय ठानिएको छ । तर नेपाल सुर्तीजन्य पदार्थमा कम कर लगाउने देशहरुमध्ये एक हो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु