Health TV Online
Health TV Online
Health TV Online

‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ को लागि आवेदन माग

‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ को लागि आवेदन माग

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारको लागि आवेदन माग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य कर कोषको सचिवालयले उक्त आवेदन माग गरेको हो । मे ३१ मा मनाइने विश्व धुम्रपानरहित दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरिने कर कोषको सचिवालयले जनाएको छ । सचिवालयले सार्वजनिक गरेको सूचना अनुसार विभिन्न ६ वटा विधामा उक्त पुरस्कार प्रदान गरिने छ।

सचिवालयले २०७६ पछि चार वर्षपछि उक्त ६ विधामा पुरस्कार प्रदान गर्न लागेको हो । वीचमा यसले निरन्तरता पाउन सकेको थिएन । सचिवालयले जारी गरेको सूचनामा सुर्तीजन्य पदार्थको आयात, विक्री वितरण तथा सेवनलाई न्युनीकरण गर्दै यसको नियन्त्रण तथा नियमनमा योगदान पुराएका प्यक्ति तथा संस्थाले आवेदन दिनसक्ने जनाएको छ । उक्त आवेदन यही जेठ ५ गतेभित्र पठाइसक्नुपर्नेछ । आफुले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनमा पुराएको योगदानको उल्लेख गर्दै निवेदन दिन सूचनामा भनिएको छ ।

सुर्तीजन्य पदार्थको बट्टामा सबैभन्दा धेरै ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्ने ऐन ल्याउनेमा नेपाल पहिलो भएको थियो । सो व्यवस्था गरेवापत नेपालले एक लाख अमेरिकी डलर बराबरको ब्लुम्बर्ग फिलान्थेपिक अवार्ड पाएको थियो । उक्त अवार्डको रकमलाई अक्षयकोष बनाई सोबाट आएको रकमबाट यसको नियमन, नियन्त्रणमा उल्लेखनीय योगदान दिने व्यक्ति वा संस्थालाई पुरस्कार दिने निर्णय मन्त्रालयले गरेको थियो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना