Health TV Online
Health TV Online
Health TV Online

डा ढाकाकुमार श्रेष्ठलाई तत्काल कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

डा ढाकाकुमार श्रेष्ठलाई तत्काल कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद पदबाट पदमुक्त गरेका डा ढाकाकुमार श्रेष्ठलाई अहिले कारवाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायधीश तिलकुमार श्रेष्ठको एकल इजलासले डा श्रेष्ठको रिटमा सुनुवाई गर्दै तत्काललाई कारवाही नगर्न आदेश दिएको हो। यसैगरी सर्वोच्चले श्रेष्ठलाई कारवाही गर्नुको कारण पेश गर्न पनि उल्लेख गरेको छ ।

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि भन्दै दुई करोड रूपैयाँ मागेको अडियो बाहिरिएपछि उनलाई गत चैत २९ गते पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । श्रेष्ठले आफूलाई अन्याय भएको भन्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना