Health TV Online
Health TV Online
Health TV Online

एक लाख राशीको मदन भण्डारी राष्ट्रिय पुरस्कार चिकित्सा शास्त्रतर्फ प्रदान गरिने

एक लाख राशीको मदन भण्डारी राष्ट्रिय पुरस्कार चिकित्सा शास्त्रतर्फ प्रदान गरिने

हेल्थ टिभी अनलाइन : प्रत्येक वर्ष प्रदान गरिदैं आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष चिकित्साशास्त्रतर्फकालाई प्रदान गरिने भएको छ ।

एक लाख राशीको उक्त पुरस्कार यस वर्ष चिकित्साशास्त्रको क्षेत्रमा स्वदेशमै रहेर उल्लेख्य योगदान गर्ने व्यक्ति वा संस्थालाई दिइने फाउण्डेसनले निर्णय गरेको छ । फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेका अनुसार नेपाली भूमीमा रहेर नयाँ र लाभदायी स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्ति वा संस्थालाई पुस्कार प्रदान गरिनेछ । सो पुरस्कार छनोटका लागि फाउण्डेसनले छुट्टै पुरस्कार छनोट कमिटी समेत गठन गरेको छ । पुरस्कारका लागि आवेदन दिन चिकित्साशास्त्रतर्फ नयाँ लाभदायी शल्यक्रिया प्रविधीको विकास गरेको, अंग प्रत्यारोपणका विशेष सेवाहरु (मुटु, कलेजो, मिर्गौला ) जन्मजात अपांगताको उपचार, महिला पाठेघर खस्ने समस्याको उपचार व्यवस्थापन तथा अन्य जटिल र संवेदनशील क्षेत्रको उपचारमा योगदान पुराएकाे व्यक्ति वा संस्थाबाट आवेदन माग गरिएको छ । साथै, ती सेवाहरुको संस्थागत विकास गर्दै दुर्गम क्षेत्र, गरिबी, असहाय र सेवाबाट बन्चित रहेका जनसंख्याको सहज स्वास्थ्य पहुँचका लागि विशेष भूमिका खेलेको व्यक्ति तथा संस्थाले समेत पुरस्कारका लागि आवेदन दिन आव्हान गरिएको छ ।

मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा प्रदान गरिने सो पुरस्कारका लागि २५ जेठसम्म आवेदन दिन सकिनेछ । यसैगरी, एक लाख राशीकै मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार यस वर्ष खेलकूद विद्यातर्फ प्रदान गरिने फाउण्डेसनले जनाएको छ । पुरस्कारका लागि व्यक्ति वा संस्था आफैले आवेदन दिन सक्नेछन् भने अन्य कुनै व्यक्ति वा संस्थाले सिफारिस पनि गर्न सक्नेछन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना