नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतद्धारा पदवहाली
परिणाममुखी काम गर्ने प्रतिवद्धता

हेल्थ टिभी अनलाइन \काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले आज पदवहाली गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिए लगत्तै उनी रामशाहपथस्थित मन्त्रालय पुगेर पदवहाली गरेका हुन् । पदवहाली गर्ने क्रममा मन्त्री बस्नेतले ४ निर्णयमा हस्ताक्षर गरेका छन्।
मन्त्री बस्नेतले नियमित सेवाका अलावा कोरोना, डेंगु लगायतका सरुवा रोग फैलिन नदिन प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । यसैगरी स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने लगायतका निर्णय पनि गरेका छन् ।
मन्त्री बस्नेतले आफू पहिले पनि २२ वर्षअघि स्वास्थ्य राज्यमन्त्री भएर स्वास्थ्यलाई नजिकबाट बुझेकाले आफनो लागि यो मन्त्रालय नयाँ नभएको बताए । उनले कर्मचारीले दत्तचित्त भएर काम गरेमा मन्त्रालयमा सुधार ल्याउन गाह्रो नभएको समेत जिकीर गरे ।
उनले आफू सरुवा बढुवा तिर नअल्झिने र परिणाममुखी काममा विश्वास राख्ने व्यक्ति भएको समेत बताए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु