Health TV Online
Health TV Online
Health TV Online

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, आज स्वदेश फर्किने

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, आज स्वदेश फर्किने

हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् ।

स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एयरलायन्सको नियमित उडानबाट स्वदेश फर्किने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेल वैशाख ५ गते स्वास्थ्यमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । यही क्रममा उनलाई वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा थप उपचारका लागि एयर एम्बुलेन्समार्फत लगिएको थियो ।

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना