नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि दुई दिने खोप अभियान

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि दुई दिने खोप अभियान सुरु गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले विश्व खोप सप्ताहको अवसर पारेर यही वैशाख १५ र ३१ गते नियमित खोप लगाउन छुटाएका ५ वर्ष मूनिका बालबालिकाका लागि वृहद् खोज र खोप अभियान चलाउन लागेको हो ।
यी २ दिनमा स्थानीय निकायका स्वास्थ्य संस्थाका खोप केन्द्रमा खोप उपलव्ध हुने बताइएको छ । बालबालिकाहरुले पूर्ण खोप नलगाए सम्म कोही पनि सुरक्षित नहुने भएकाले यो अभियान सुरु गरिएको महाशाखाले जनाएको छ । आफना बालबालिकालाई खोप कार्यक्रममा सहभागी गराई पूर्ण खोपको अभियानमा सहभागी हुन महाशाखाले आग्रह गरेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु