Health TV Online
Health TV Online
Health TV Online

देशभर ३२ जना कोरोना संक्रमित संस्थागत आइसोलेसनमा, सिकिस्त संक्रमित १४ जना

देशभर ३२ जना कोरोना संक्रमित संस्थागत आइसोलेसनमा, सिकिस्त संक्रमित १४ जना

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अहिले ३२ जना कोरोना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्।

३७७ जना सक्रिय संक्रमितमध्ये ३२ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यसैगरी ११ जनाको आइसीयूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा फेरि एकपटक कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । झण्डै शुन्यमा झरेको कोरोना संक्रमण उकालो लाग्न थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ ।

हालसम्म देशभर १२ हजार २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना