Health TV Online
Health TV Online
Health TV Online

विशेषज्ञ स्वास्थ्य सेवाको आधारभुत र आकस्मिक सेवा प्रदान गर्न प्रशिक्षक तयार

विशेषज्ञ स्वास्थ्य सेवाको आधारभुत र आकस्मिक सेवा प्रदान गर्न प्रशिक्षक तयार

हेल्थ टिभी अलाइन \काठमाडौं : बाग्मती प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा प्रदेशका सबै १३ जिल्लामा रहेका अस्पतालका चिकित्सक, पालिकाका स्वास्थ्य संयोजक र स्वास्थ्य कार्यालयका फोकल पर्सन तथा स्वास्थ्यकर्मीहरुलाई तीन दिने तालिम प्रदान गरिएको छ । ७१ जनालाई ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम बानेश्वरमा सञ्चालन गरिएको हो ।

कार्यक्रमको शुभारम्भ तथा समापन कार्यक्रम मुख्य ट्रेनर तथा केन्द्रिय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीको प्रमुख आतिथ्यता, बाग्मती स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा भुवन पौडेलको अध्यक्षतामा भएको थियो ।

प्रशिक्षक प्रशिक्षण तालिममा मुख स्वास्थ्यतर्फ चिकित्सकद्धय डा प्रकाश बुढाथोकी र डा रन्जिता श्रेष्ठ ,आँखा स्वास्थ्यतर्फ नेत्ररोग बिशेषज्ञ डा सविना श्रेष्ठ र अपराजिता मनोरन्जन र नाक कान घाँटी तर्फ डा योगेश न्यौपाने र डा साहारा अधिकारी तथा सहजीकरणका तरिका र विधि बारेमा स्वास्थ्य तालिम केन्द्रकी रागीश्री कक्षपतिले प्रशिक्षण दिएकी थिइन ।

प्रमुख प्रशिक्षक तथा कार्यक्रमका प्रमुख अतिथी डा बुढाथोकीले ओझेलमा परेको क्षेत्रलाई सम्बोधन गर्दै शाखा स्थापना भएको सबै मिलेर यस्को विकास र विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । उनले स्थानीय र प्रदेश सरकारलाई सशर्त बजेटका रुपमा कार्यक्रम राखिएकाले त्यो कार्यान्वयन गर्न तथा आफुले पनि बजेटमा प्राथमिकता दिई राख्न अनुरोध गरे । डा बुढाथोकीले प्याकेज कार्यक्रमको बिकासक्रम, तालिम तथा अभिमुखीकरण कार्यक्रमका उदेश्यका बारेमा उल्लेख गरेका थिए ।

डा बुढाथोकीले संविधानले ग्यारेन्टी गरेको गुणस्तरीय स्वास्थ्य सेवा, आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा यी सेवा समाहित गरिसकिएकोले तथा त्यसको स्तरीय उपचार पद्धती पनि निर्माण भईसकेकाले अध्ययन गरी हरेक स्वास्थ्य संस्थाहरुले सेवा एकरुपताका साथ गुणस्तर र सहजरुपमा दिनपर्ने र उचित समयमा र उपयुक्त स्थानमा प्रेषण गर्नपर्ने बताए । सरकारबाट ओझेल तथा विज्ञ अभाव झेलिरहेका उपरोक्त सेवाहरुमा सबै स्वास्थ्यसंस्थामा विज्ञ खटाउन तथा पठाउन नसकिने र नसकिरहेका बेला हरेक नेपालीलाई सेवाको पहुँचमा ल्याउन संघीय सरकारबाट भएका यस्ता तालिम सहायकसिद्ध हुने भन्दै सबै सहभागीलाई तालिमको भरपुर सदुपयोग गर्न अनुरोध गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना