Health TV Online
Health TV Online
Health TV Online

म्याग्नस फर्माले पहिलोपटक ल्यायो सिओपीडीको नयाँ औषधि रोफ्लु

म्याग्नस फर्माले पहिलोपटक ल्यायो सिओपीडीको नयाँ औषधि रोफ्लु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाली फर्मास्युटिकल कम्पनी म्याग्नस फर्माले सिओपीडी रोगको नयाँ औषधि रोफ्लुमिलाष्टलाई बजारमा पहिलोपटक ल्याएको छ।

रोफ्लुु ब्रान्ड नामको ५०० एमसीजीमा म्याग्नसले उक्त औषधि नेपाली बजारमा पहिलो पटक ल्याउन सफल भएको म्याग्नस फर्माका निर्देशक सुधीरप्रकाश मास्केले जानकारी दिए।

नेपालमा वातावरणीय प्रदूषण, धुम्रपानको बढ्दो प्रयोग तथा अन्य विविध कारणले सिओपीडीका बिरामीको संख्या प्रत्येक वर्ष बढिरहेका बेला यो नयाँ औषधीले यसको जोखिमलाई कम गर्न सहयोग गर्ने विश्वास लिएको मास्केले बताए । उक्त औषधि निकै सुरक्षित र प्रभावकारी रहेको बताइएको छ ।

सिओपीडी एक श्वासप्रश्वास सम्बन्धी रोग हो जसले फोक्सोलाई असर गर्छ र यसले सास फेर्न गाह्रो बनाउँछ। सिओपीडी रोगको लागि धेरै प्रकारका स्टेरोइड तथा सिधै फोक्सोमा काम गर्ने खालको इन्हेलरबाट लिने औषधीहरू चलाइने गरिन्छ । तर यी औषधीहरु प्रयोग गर्दा गर्दै पनि कहिलेकाही सिओपीडी भएका बिरामीको अवस्था बिग्रने र सासै फेर्न पनि गाह्रो हुने परिस्थिती आउन सक्छ, जसलाई मेडिकल भाषामा ‘सिओपीडी एक्सासर्वेसन’ भनिन्छ। यस्तो अवस्थामा बिरामीलाई तुरुन्त अस्पताल लानुपर्ने तथा यस्तो समस्या पटकपटक भएमा बिरामीको ज्यान नै जोखिम हुन सक्छ।

रोफ्लुमिलाष्टले सिओपीडी एक्सासर्वेसन हुने दरलाई घटाएर सिओपीडीबाट बिरामीलाई हुन सक्ने जोखिमबाट बचाउन सहयोग गर्ने दावी कम्पनीको छ ।

रोफ्लु ५०० एमसीजीमा उपलब्ध छ भने यसको मूल्य प्रति ट्याब्लेट रू २० मात्र कायम गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना