Health TV Online
Health TV Online
Health TV Online

७ बुँदे घोषणापत्र जारी गर्दै सकियो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सम्मेलन

७ बुँदे घोषणापत्र जारी गर्दै सकियो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सम्मेलन

हेल्थ टिभी अनलाइन \काठमाडौं : ‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वर्यनका लागि तथ्य र अन्वेषण’ भन्ने नाराका साथ मंगलबारदेखि सुरु भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन ७ बुँदे घोषणापत्र जारी गर्दै आज सकिएको छ ।

सम्मेलनले राज्यका सबै तहमा अनुसन्धानकर्ता, निती, निर्माता तथा कार्यक्रम व्यवस्थापकहरुवीच मजवुत सम्बन्धको विकास गर्दै तथ्यमा आधारित प्रमाणलाई निती तथा कार्यक्रममा प्रयोग गर्ने संयन्त्रको बढावा गर्ने, उच्च गुणस्तरको स्वास्थ्य निती र प्रणालिगत अनुसन्धानका लागि अनुसन्धान तथा शैक्षिक संस्थाहरु विचको आवश्यक सहकार्यलाई मजवुत एवम प्रवद्धन गर्ने, प्रमाणका आधारमा निती तथा कार्यक्रम गरिनुपर्ने लगायतका विषय घोषणापत्रमा उल्लेख छ ।

दुई दिनसम्म चलेको सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानका बारेमा प्रस्तुती गरेका थिए ।

परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले स्वास्थ्यमा अनुसन्धान गर्नेहरुका लागि सम्मेलन एउटा ठूलो प्लेटफर्म भएको बताए । उनले स्वास्थ्यका नीति तथा कार्यक्रम निर्माणका लागि यस सम्मेलनले सहयोग गर्ने समेत जानकारी दिए ।

सम्मेलनको समापन कार्यक्रममा प्रमुख अतिथी रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धान बिना सही नीति तथा कार्यक्रम बनाउन नसकिने हुँदा सरकारले अनुसन्धानमा लगानी बढाउने र परिषद्लाई के कस्तो सहयोग चाहिन्छ गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना