संक्रामक तथा सरुवा रोग अस्पतालमा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’

हेल्थ टिभी अनलाइन\काठमाडौं : गण्डकी प्रदेशको पोखरामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड सुरु भएको छ । बुधबार पोखरामा आयोजित एक कार्यक्रमकावीच विश्व स्वास्थ्य संगठनको सहयोगमा स्थापित र संचालित इलेक्ट्रोनिक मेडिकल रेकर्ड संक्रामक तथा सरुवा रोग अस्पताल पोखरालाई हस्तान्तरण गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीद्धारा उद्घाटन गरिएको इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी डा राजेश सम्भाजिराव पाण्डवले अस्पतालका अध्यक्ष डा कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन्। गण्डकी प्रदेशमा पहिलोपटक सुरु गरिएको इएमआर प्रणालीले यहाँका समूदायमा ठूलो सहयोग पुग्ने मुख्यमन्त्री अधिकारीले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पन्चराम गुरुङले यस अस्पतालबाट सुरु गरिएको डिजिटल सेवाले अस्पतालको सेवालाई चुस्त दुरुस्त राख्न सहयोग हुने बताए । उक्त अवसरामा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी डा राजेश सम्भाजिराव पाण्डवले पाइलट कार्यक्रमको रुपमा सुरु गरिएको यस प्रविधीले मानिसकाे स्वास्थ्यको विषयमा जानकारी राख्न सजिलो मात्र नभएर उनीहरुको उपचार प्रणालीलाइ सहज र छिटो बनाउन सहयोग पुराउने बताए ।
कार्यक्रममा संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनले इएमआर आधुनिक चिकित्सा पद्धतीको आधारस्तम्भ भएको उल्लेख गर्दै यो प्रविधीलाई सहज संचालनका लागि आजैबाट २ दिने तालिम समेत सुरु गरिएको जानकारी दिए ।
अस्पतालमा इएमआर प्रणालीमा हालसम्म ३ हजार बढी बिरामीको डिजिटल फाइल बनिसकेको अस्पतालले जनाएको छ । ४० लाख रुपैयाको लागतमा स्थापित इएमआरको लागि डब्लुएचओ नेपालले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको हो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु