महिला संघको सम्मेलनमा नेपाल क्यान्सर अस्पतालको नि:शुल्क शिविर

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौको नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनमा नेपाल क्यान्सर अस्पतालले महिलालाई निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
देशभरबाट आएका झण्डै १३ सय महिला प्रतिनिधी सहभागी भएको उक्त सम्मेलनमा नेपाल क्यान्सर अस्पतालका चिकित्सकहरुद्धारा स्तन क्यान्सर तथा प्यापस्मेयर टेस्ट गरिएको थियो । यसका साथै महिलामा हुनसक्ने क्यान्सरको जोखिम तथा बच्ने उपायकाबारेमा जनचेतनामूलक कार्यक्रममको समेत आयोजना गरिएको थियो । स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर महिलामा बढी देखिने क्यान्सर भएकाले यसकाबारेमा विस्तृत जानकारी दिइएको शिविरमा सहभागी चिकित्सकले जनाएका छन्।
नेपाल क्यान्सर अस्पतालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा पुगेर यस खालका जनचेतनामूलक कार्यक्रम तथा निशुल्क शिविरहरु गर्दै आएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु