Health TV Online
Health TV Online
Health TV Online

कोशी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सुरु हुँदै

कोशी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सुरु हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : अब कोशी अस्पताल विराटनगरमा पनि मिर्गौला प्रत्यारोपण सुरु हुने भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा कोशी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन लागेको हो । मिर्गौला प्रत्यारोपण गर्ने विषयमा मंगलबार कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रबिन राज सिंह र प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठबिच प्रत्यारोपण सेवा तथा डायलाइसिस सेवा विस्तार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सरकारको नीति तथा कार्यक्रम अनुसार देशैभर सर्वसुलभ र सर्वसाधारणको पहुुँचमा मिर्गौला प्रत्यारोपण कार्यको थालनी गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवद्वय डा रोशन पोख्रेल र देव कुमारी गुरागाँईको पहलमा देशका सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिने क्रममा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कोशी अस्पतालबीच उक्त सम्झौता भएको हो ।

सो समझदारी पत्रमा प्रत्यारोपण सेवा सुरु गर्नका लागि लागि जनशक्तिको तालीम, फेलोसिप लगायतका कार्यक्रमहरुको लागि केन्द्रले व्यवस्था मिलाउने, कोशी सहित प्रदेशका अरु अस्पतालमा डायलासिस सेवा विस्तारका लागि समेत सहयोग गर्ने, मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउन सहकार्य गर्ने उल्लेख छ ।

यसअघि प्रत्यारोपण केन्द्रले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पतालमा यसैगरी सम्झौता गरेर प्रत्यारोपण सेवा प्रारम्भ गरेको छ । उता मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रत्यारोपणका लागि सम्झौता भइसकेको केन्द्रले जनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना