फेरि बढ्यो कोरोना : २४ घण्टामा एक जना संक्रमितको मृत्यु, १८ जना आइसीयू र भेन्टिलेटरमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : झण्डै शुन्यमा झरेको कोरोना संक्रमण देशमा फेरि एकपटक बढ्न थालेको छ ।
गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १०६ जना संक्रमित थपिएका छन्। नेपालमा फेरि कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोप नलगाएकालाई खोप लगाउन र बुस्टर खोप नलगाएकालाई बुस्टर खोप लगाउन आग्रह गर्दै आएको छ । यसैगरी मन्त्रालयले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ ।
आज थपिएका नयाँ संक्रमितसहित देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४६९ पुगेको छ । अहिले १३ जना संक्रमितको आइसीयूमा र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट १२ हजार २१ जनाको मृत्यु भएको छ ।
देशभर कोरोना संक्रमण बढे पनि सर्वसाधारण कसैले जनस्वास्थ्यका मापदण्ड पालना गरेको देखिंदैन्। अरु त अरु जनस्वास्थ्यका मापदण्ड पालना गर भनेर विज्ञप्ति निकाल्ने स्वास्थ्य मन्त्रालयकै कर्मचारी एवम स्वास्थ्यकर्मीले समेत मास्क लगाउने, दूरी कायम गर्ने जस्ता मापदण्ड पालना गरेको देखिंदैन।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु