Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं शिखर सम्मेलन काठमाडौंमा सुरु

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं शिखर सम्मेलन काठमाडौंमा सुरु

हेल्थ टिभी अनलाइन \काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन काठमाडौंमा आजदेखि सुरु भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको उक्त नवौं शिखर सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिन बहादुर श्रेष्ठले गरेका थिए । सम्मेलनको उद्घाटन गर्दै श्रेष्ठले अनुसन्धान बिना देश विकासको कल्पना समेत गर्न नसकिने कुरा जिकीर गर्दै सरकाले यसमा लगानी बढाउनपर्नेमा जोड दिएका थिए । उनले अनुसन्धानबाटै आएका निचोडबाट देशको नीति तथा योजना बनाइने हुँदा अनुसन्धान असाध्यै आवश्यक रहेको र यसमा राज्यले लगानी र प्राथमिकता दुबै बढाउनेमा आफू विश्वस्त रहेको जनाएका थिए ।

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै परिषद्का सदस्य सचिव डा प्रदिप ज्ञवालीले परिषद्ले आफनो स्थापना दिवसको दिन पारेर प्रत्येक वर्ष स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन गर्दै आएको र यसको मुख्य उद्धेस्य अनुसन्धानको महत्वकाबारेमा जानकारी दिने र अनुसन्धानकर्ताको हौसला बढाउनु रहेको भएको जिकीर गरे ।

आजबाट सुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ । सम्मेलनमा विभिन्न विषयहरुमा १५० बढी पेपरहरु प्रस्तुत हुनेछन्। सम्मेलनमा भाग लिनका लागि युके, स्विजरल्यान्ड, जर्मन, भारत लगायतका विभिन्न देशहरुबाट वैज्ञानिक तथा अनुसन्धानकर्ताहरु काठमाडौं आएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना