रास्वपा सांसद ढाका कुमारले स्वास्थ्यमन्त्री बन्न भन्दै प्रसाईसँग २ करोड मागेको अडियो सार्वजनिक

हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का समानुपातिक सांसद डा ढाकाकुमार श्रेष्ठले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ माग्दै फोन गरेको अडियो सार्वजनिक भएको छ।
उक्त फोन वार्तामा सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन भन्दै उक्त रकम माग गरिएको बुझिएको छ । उनले आफू स्वास्थ्यमन्त्री भएपछि प्रसाईलाई सहयोग गर्ने समेत जनाएका छन्।
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नका लागि पार्टीलाई २ करोड बुझाउनुपर्ने भन्दै रकम मागेको अडिओ सार्वजनिक भएको हो। यो अडियो सार्वजनिक भए लगत्तै पार्टीले निलम्बन गरेर छानविन प्रक्रिया अगाडि बढाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु