Health TV Online
Health TV Online
Health TV Online

एक से एक क्यान्सर विशेषज्ञ नेपालमै छन, अब उपचार गर्न विदेश जानै पर्दैन : मदनकृष्ण श्रेष्ठ

एक से एक क्यान्सर विशेषज्ञ नेपालमै छन, अब उपचार गर्न विदेश जानै पर्दैन : मदनकृष्ण श्रेष्ठ

हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर उपचारका लागि विदेश जानै नपर्ने र एक से एक उत्कृष्ट डाक्टर नेपालमै भएको बताएका छन्। बिहिबार नेपाल क्यान्सर सपोर्ट ग्रुप र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले आयोजना गरेको तेस्रो क्यान्सर सर्भाइभर र्‍याम्प शोमा बोल्दै उनले कुनै पनि क्यान्सर उपचार गर्न भन्दै विदेश जान नपर्ने र विदेश र नेपालको उपचार पद्धति उस्तै रहेको जनाएका हुन् ।

कलाकार श्रेष्ठले आफ्नी श्रीमतीको क्यान्सरकै कारण मृत्यु भएको भन्दै उनको उपचारका लागि स्वदेश विदेश सबैतिर भौंतारिंएको र विदेशको र यहाँको उपचारमा कुनै फरक नपाएको जनाए । श्रेष्ठले नेताहरुलाई व्यंग्य गर्दै भने, ‘हामीले तिरेको करबाट खर्च गर्नकै लागि नेताहरु गइरहेकै छन् विदेश हामीलाई जानु छैन् हामीलाई यहींका डाक्टरमाथि विश्वास छ ।’

उनले विदेशमा उपचार पद्धति नेपालको भन्दा कयौं गुणा बढी महंगो भएको आफूले नै महशुस गरेको तर उपचार प्रक्रियामा कुनै फरक नभएको बताए । उनले एक से एक डाक्टर हुँदा पनि विदेश जानु भनेको पैसा र यहाँ रहेका आफन्तको माया गुमाउनु मात्र भएको समेत जिकीर गरे । आफनो श्रीमतीको उपचारका क्रममा आफूले विदेश जाँदा खाएको दुख सम्झिंदै उनले क्यान्सर लगायत नेपालमै हुने उपचारका लागि बाहिर जानु भनेको आफैलाई र बिरामीलाई समेत दुख दिनु भएको भन्दै कसैलाई पनि हत्तारिएर अरुको लहै लहैमा बाहिर नजान आग्रह समेत गरे । उनले क्यान्सर निको हुने रोग भए पनि यसलाई समयमै उपचार गर्न र सावधानी अपनाउन पनि सबैलाई आग्रह गरे ।

अति विपन्न क्यान्सर बिरामीका लागि भन्दै कार्यक्रममा श्रेष्ठले आफनी दिवंगत श्रीमतीको नाममा २५ हजार रुपैयाँ नेपाल क्यान्सर सपोर्ट ग्रुप मार्फत सहयोग गर्ने समेत घोषणा समेत गरे ।

कार्यक्रमका प्रुमख अतिथी समेत रहेका श्रेष्ठले क्यान्सर उपचार गराइरहेका बिरामी तथा सर्भाइभरको हौसला बढाउँदै र्‍याम्प शोमा गित समेत गाएका थिए भने र्‍याम्प  वाक समेत गरेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना