थप ९८ जनामा कोरोना पुष्टि, ५ जना आइसीयू र भेन्टिलेटरमा उपचाररत

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोरोना संक्रमण बढ्न थालेको छ । गत २४ घण्टामा मात्रै ९८ जना नयाँ संक्रमित फेला परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ सय ६८ जनाको नमुना परीक्षण गरिएकोमा ९८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर फेरि एकपटक कोरोना संक्रमितको संख्या बढेर ३२२ पुगेको छ ।
यसैगरी संस्थागत आइसोलेसनका १७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । उता ४ जना सिकिस्त संक्रमित आइसीयू र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यहीवीच १८ हजार १४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु