स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं सम्मेलन हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै परिषद्ले स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन यही यही चैत २८ र २९ गते काठमाडौंमा गर्न लागेको जानकारी दिएको हो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।
यस वर्षको सम्मेलनको नारा ‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वर्यनका लागि तथ्य र अन्वेषण’ भन्ने रहेको छ । सम्मेलनकाबारेमा जानकारी दिंदै परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले परिषद्ले प्रत्येक वर्ष स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको मनोबल बढाउँदै र उनीहरुलाई अनुसन्धानमा प्रोत्साहन गर्नका लागि यस्तो खालको सम्मेलन गर्दै आएको र यसपटक पनि स्वास्थ्य अनुसन्धानकर्ता, नीतिनिर्माणकर्ता, जनसंख्याविद लगायतका विज्ञहरु एकै थलोमा भेला भई अनुसन्धानका विषयमा छलफल र अन्तरक्रिया हुने बताए ।
उनले यस वर्ष २ सय बढी मोखिक र पोष्टर प्रस्तुतीका लागि अब्स्ट्याक्ट आएको भए पनि समय अभावका कारण दुबै गरी एक सय पेपर प्रस्तुतीकरण हुने जानकारी दिए । यस वर्षका विषयवस्तुहरुमा स्वास्थ्य प्रणाली तथा नीति, आकस्मिक जनस्वास्थ्य, जैविक आयुर्वेद तथा परम्परागत चिकित्सा र ट्रान्सलेसन रिसर्च , क्लिनकल रिसर्च एण्ड बायोथिक्स लगायतका विषयवस्तु रहेका छन्।
यसैगरी एक दर्जभनदा बढी व्यक्तित्वलाई आमन्त्रित गरी विज्ञको रुपमा प्रस्तुतीका लागि निमन्त्रण समेत गरिएको छ । डा ज्ञवालीले सम्मेलनलाई पारदर्शी बनाउनका लागि विभिन्न तहका समितिहरु गठन गरी काम गरिरहेको जनाए ।
सम्मेलनमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि विभिन्न विधाहरुमा अवार्ड समेत प्रदान गरिनेछ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु