स्वास्थ्य मन्त्रालयले भन्यो- फेरि कोरोना बढ्न थाल्यो, सावधानी अपनाऔं

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण फेरि एकपटक बढ्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा मौसमी रुघाखोकीसँगै कोभिड संक्रमितको संख्यामा पनि वृद्धि भइरहेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालला गर्न आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनदेखि छिमेकी मुलुकमा कोभिड १९ को नयाँ भेरियन्ट फेलिरहेको हुँदा सीमा नाकामा प्रवेश गर्नेहरुको परीक्षण गर्ने तथा उपचारको व्यवस्था मिलाउने काम गरिएको छ । र नभएका स्थानमा तुरुन्त व्यवस्था गर्न जरुरी छ ।’
कोभिडको जोखिम अझै पनि उच्च रहेकाले यसबाट जोगिन जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न र त्यही अनुसार तयारी गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु