विश्व अटिजम सचेतना दिवस मनाइयो

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा विश्व अटिजम सचेतना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । नियो हेल्थ क्लिनिक, नियो चाइल्ड केयर सेन्टर, नेसनल हेल्थ केयर फाउन्डेसन र सेन्टर फर अटिजमको संयुक्त आयोजनामा विश्व अटिजम सचेतना दिवस वाकाथन र सभा गरी मनाईएको हो । वाकाथन माइतीघर मण्डलाबाट सुरु भई नेपाल मेडिकल एसोसिएसनको भवनमा गई सभामा समापन भएको थियो ।
अटिजम स्पेक्ट्रम डिसअर्डरको बारेमा सचेतना जगाउन हरेक वर्ष अप्रिल २ मा विश्व अटिजम जागरूकता दिवस मनाइन्छ। यो दिन विश्वभरका व्यक्ति, संस्था र समुदायका लागि अटिजमको बुझाइ बढाउन, अटिजम भएका व्यक्तिहरूको अद्वितीय शक्तिलाई मनाउने र उनीहरूको अधिकारको वकालत गर्ने अवसर हो।
कार्यक्रममा करिब २७० जना सहभागी थिए र विभिन्न विद्यालय, केन्द्र, क्लिनिक र संस्थाका प्रतिनिधिहरू थिए। ‘अटिजम भएका बालबालिकाहरू प्रति एकता र ऐक्यबद्धता देखाउन, समुदायमा समावेशीकरण’ नारा सहित वाकाथन आयोजना गरिएको थियो ।सहभागीहरुले अटिजम सम्बन्धी सचेतना र सहयोगको सन्देशसहितका रंगीन प्लेकार्ड बोकेर पूर्वनिर्धारित बाटोमा हिँडेका थिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि डा रविन्द्र, निष्ठा श्रेष्ठ, नेपाल मेडिकल एसोसिएसनका महासचिव डा सन्जीव, डब्लुएचओवाट डा मधुर, वरिष्ठ पिडियाट्रिसियन डा अरुण न्यौपाने, नियो चाईल्ड केयर सेन्टरका अध्यक्ष हरि कुवर र सेन्टर फर अटिजमका अध्यक्ष ललिता प्रसाईले मन्तब्य राखेका थिए। अतिथिहरूले दक्ष जनशक्ति विकासको महत्त्व र समुदायमा जनचेतनाको बारेमा कुरा गरेका थिए ।
कार्यक्रमको सुरुवातमा नियो चाइल्ड केयर सेन्टरका कार्यकारी निर्देशक समिद कतिला श्रेष्ठले अटिजमका अवसर र चुनौती, वर्तमान अवस्था र नेपालमा सेवा प्रदायकको अवस्थाबारे जानकारी गराएका थिए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु