तेस्रो क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : क्यान्सरबारे जनमानसमा सचेतना जगाउनका लागि काठमाडौंमा तेस्रो क्यान्सर सर्भाइभर र्याम्प शो हुने भएको छ । नेपाल क्यान्सर सहयोग समूहको मुख्य आयोजना तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यक्रमा यही चैत २३ गते उक्त क्यान्सर सर्भाइभर र्याम्प शो हुन लागेको हो ।
उक्त शोकोबारेमा जानकारी दिन शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा नेपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष एवम कार्यक्रमकी संयोजक स्वरुवा श्रेष्ठले क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन क्यान्सर पछि पनि जीवन छ भन्ने सन्देश फैलाउनकै लागि आफूहरुले यस्तो प्रकारको शो गर्न लागेको जानकारी दिइन् ।
उनले र्याम्प शोको एक मात्र उद्धेस्य भनेको क्यान्सरबारे समाजमा रहेको भ्रमलाई तोड्नु रहेको जिकीर गरिन । उनले भनिन, ‘जसरी डाइबेटिज, प्रेसर, मुटुरोग छ भनेर खुलेर कुरा गरिन्छ त्यसैगरी क्यान्सर छ वा मलाई अहिले निको भयो भन्नलाई कोही पनि हिच्किचाउन पर्दैन्। यो पनि अन्य रोग जस्तै हो । त्यही भन्नका लागि हिम्मत जुटाउन यो कार्यक्रमले सहयोग पुराउनेछ भन्ने हाम्रो विश्वास छ ।
यसभन्दा अघि दुई वटा क्यान्सर सर्भाइभर र्याम्प शो सम्पन्न गरिसकेको क्यान्सर सहयोग समूहले यसपटक यही चेत २३ गते अर्थात अप्रिल ६ मा ललितपुरमा रहेको होटल हिमालयमा र्याम्प शो गर्न लागेको हो ।
पहिलोपटक २४ जना क्यान्सर विजेता र्याम्प शोमा उत्रिएका थिए भने यसपटक ५० जनाभन्दा बढी विजेता र्याम्पमा उत्रिने छन्। शोले उपचार गराइरहेका बिरामी र निको भइसकेका सर्भाइभरको हौसला बढाउने विश्वास आयोजकको लिएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु