Health TV Online
Health TV Online
Health TV Online

‘स्वस्थ महिला, सबैमा पहिला’ विषयक छलफल

‘स्वस्थ महिला, सबैमा पहिला’ विषयक छलफल

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा आज ‘स्वस्थ महिला, सबैमा पहिला’ विषयक छलफलको आयोजना गरिएको छ । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको निर्भीक नारी नामक कार्यक्रममा उक्त विषयमा छलफल चलाइएको हो । विभिन्न व्यवधानका वावजुत आ आफनो क्षेत्रमा अब्बल हुन सफल नारीहरुको सम्मानमा विगत ३ वर्षदेखि नारी मासिक पत्रिकाले उक्त कार्यक्रम गर्दै आएको छ ।

त्यस अन्तर्गत भएको स्वस्थ महिला, सबैमा पहिला विषयमा छलफल कार्यक्रममा बोल्दै डा स्वस्ती शर्माले एउटा परिवारमा महिला बिरामी पर्नु र पुरुष सदस्य बिरामी पर्नुमा धेरै नै फरक पर्ने बताइन । उनले महिलाले अरु बिरामी पर्दा आफनो दिलोज्यान दिएर स्याहार सुसार गर्ने गरे पनि आफू बिरामी हुँदा चाहिं सकेसम्म सहने बानी भएको भन्दै यस्तो गर्न नहुने बताइन । उनले घरको महिला बिरामी पर्दा घर नै लथालिंग हुने भन्दै महिला आफनो स्वास्थ्यप्रति पहिले आफै सचेत हुनपर्नेमा जोड दिइन ।

यसैगरी डा नवराज केसीले महिलाले आफूभन्दा पहिले बच्चाबच्ची र परिवारको स्वास्थ्यको ख्याल गर्ने गरेको प्रसंग उठाउँदै आफनो रोगको लक्षणलाई वास्ता नगर्दा कडा खालका रोग अन्तिममा मात्र पत्ता लाग्ने गरेको बताए । महिलाको स्वास्थ्य परिवारमा धेरै नै हुने र स्वस्थ रहनका लागि अरुलाई मात्र सिकाउने भन्दा पनि आफूले पनि सोही पालना गर्नुपर्ने बताए ।

कार्यक्रममा अन्य वक्ताहरुले पनि महिला आफनो स्वास्थ्यप्रति सजग भए मात्र परिवार र अन्यको स्याहार र सेवा गर्न सक्ने भन्दै आफनो स्वास्थ्यलाई वेवास्ता नगर्न सल्लाह दिएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना