Health TV Online
Health TV Online
Health TV Online

बढ्दै कोरोना, सक्रिय संक्रमितको संख्या ७८ पुग्यो

बढ्दै कोरोना, सक्रिय संक्रमितको संख्या ७८ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर फेरि एकपटक कोरोना संक्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा गरिएको २४२९ नमुना परीक्षणमा २४ जना नयाँ संक्रमित थपिएका हुन्।

योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७८ पुगेको छ । यहीवीच ३ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा २८ हजार ९१० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हिजो मात्रै ६९ जना नयाँ संक्रमित थपिएका थिए ।

जबकी देशमा कोरोना संक्रमण लगभग शुन्यमा झर्न थालेको थियो । तर केही दिन यता फेरि संक्रमण बढ्न थालेको देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना