केन्द्रीय कारागार अस्पतालमा इमर्जेन्सी वार्डसहित थप चार सेवा संचालनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : केन्द्रीय कारागार अस्पतालमा इमर्जेन्सी वार्डसहित थप चार सेवा संचालनमा आएका छन्। कारागारमा मानसिक कक्ष, अस्पताल फार्मेसी, इमर्जेन्सी सेवा तथा एम्बुलेन्स सेवा थप गरिएको हो । गृह सचिव बिनोद प्रकास सिंहले अस्पतालमा ५ शय्याको इमर्जेन्सी, १० शय्याको मानसिक वार्ड, एम्बुलेन्स, तथा फार्मेसीको उद्घाटन गरे ।
गृह सचिव सिंहले केन्द्रीय कारागार अस्पतालमा रहेका वहिरंग विभाग, अन्तरंग विभाग, एक्सरे विभाग, प्रयोगशाला कक्ष, मानसिककक्ष,लगायतका सेवाको अवलोकन तथा निरीक्षण गरी उपलब्ध सम्पूर्ण सेवाहरुको बारेमा जानकारी समेत लिएका थिए। उनले अवलोकनका क्रममा कारागार अस्पतालको विस्तार र विकासलाई लागि गृह मन्त्रालयले उच्च प्राथमिकतामा राखेको भन्दै सिमित स्रोत साधनका बिच अस्पतालले आवश्यक सेवा प्रदान गरेकोमा धन्यवाद समेत दिए।
उक्त उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपेरिन्टेन्डेन्ट डा प्रकाश बुढाथोकीले अस्पतालले थप गरेका सेवाहरू, छिटै संचालन हुने स्वास्थ्य बिमा लगायतका विषयमा प्रकाश पारेका थिए। उनले अस्पतालको बजेट, कर्मचारीहरुका लागि प्रोत्साहन लगायतका विषयमा पनि समेत गृह सचिवको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा गृह मन्त्रालयका सहसचिव तथा प्रबक्ता जितेन्द्र बस्नेत, अस्पतालकी शाखा अधिकृत रमा घिमिरे, केन्द्रीय कारागार अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृतहरु, स्वास्थ्यकर्मीहरु, प्रशासनमा कार्यरत कर्मचारीहरु लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु